देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको पार्टीले समर्थन गदैँन :अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

नेपालगञ्ज ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता स्विकार्य नहुने बताएका छन् ।

युवा संघ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गदै नेपालले देशको हित विपरीतका कुनै पनि गतिबिधि आफ्नो पार्टीलाई स्विकार्य नभएको बताए ।

हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं कि यो परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गरिने छैन ।

अध्यक्ष नेपालले आफ्नो दल र आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने प्रष्ट पारे ।

नेपाल र नेपाली जनताको हितमा रहने सबै प्रकारका अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको सम्मान गर्दै आएको र गर्ने जनाउँदै नेपालले कुर्सी र सत्ताका लागि जे पायो त्यही गर्ने काम आफूहरुबाट नहुने विश्वास दिलाए ।

संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले बताए ।

  • २६ भाद्र २०७८, शनिबार १७:१० प्रकाशित