संक्रमितको संख्या शनिबार एक हजार भन्दा कम, १२ जनाको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा शनिबार थप ९९४ जनामा कोारनोभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८४० नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही सयमा १२ संक्रमितको मृत्यु पुष्टि भएको छ भने, १ हजार ३६८ जना संक्रमण मुक्त भएका छन् ।

हाल आइसोलेसनमा रहेनेको संख्या २७ हजार ३५५ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकले देखाउछ ।

  • २६ भाद्र २०७८, शनिबार १६:३९ प्रकाशित