गृहमन्त्रीलाई जोडेर युवालाई प्रहरी जवानमा भर्ना गरिदिएको स्टाटस लेख्ने पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
आफ्नो र केही कांग्रेस नेताहरूको सिफारिसमा गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेख्ने व्यक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्युठान, ऐरावती गाउँपालिका(१ का ३० वर्षीय नरेन्द्र गुरुङ छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणसमेतलाई धन्यवाद भन्दै फेसबुकमा स्टाटस लेखेपछि प्युठान प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले केहीअघि आफ्नो व्यक्तिगत पहलमा ‘प्युठानी छोराहरूले नेपाल प्रहरीमा नाम निकालेको’ भन्दै स्टाटस लेखेका थिए। गृहमन्त्री खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको उनले उल्लेख गरेका थिए ।

गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

  • २६ भाद्र २०७८, शनिबार १४:५९ प्रकाशित