सभामुखले एमालेका कुरा सुनेको भय यो अवस्था आउने थिएन : भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताए ।

पार्टी विभाजनअघि नै एमालेले आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेको थियो । तर सभामुख सापकोटाले उक्त कारबाहीलाई मान्यता नदिएपछि नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । नेता भट्टराईले सभामुखले एमालेको कुरा सुन्नै नचाहेकाले समस्या भएको बताए ।

‘सभामुख संवादमा आउनै चाहनुभएन, उहाँले हाम्रो संसदीय दलको नेतासँग कुरा गर्नुपर्‍यो’ उनले भने, ‘‘एमालेको टिप्पणी सुन्नुपर्छ र उचित हल दिने जिम्मा सभामुखको हो ।’

संसदमा सभामुख सत्तापक्ष र प्रतिपक्षको बीचको भूमिका रहनुपर्ने भन्दै भट्टराईले सभामुखले एमालेप्रति गरेको व्यवहार निष्पक्ष नभएको बताए ।

  • २६ भाद्र २०७८, शनिबार १४:२४ प्रकाशित