सत्ता गठबन्धन बैठकमा देउवाले मागे मन्त्रीको नामा

केन्द्रभाग मिडिया

काठमाडौं।

सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बसेको छटुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीको बिषयमा छलफल भएको थियो ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ । यस्तै आज बस्ने संसद् बैठकमा विभिन्न अध्यादेश पेस गर्ने विषयमा पनि छलफल भएको जनमोर्चा नेता दुर्गा पौडेलले जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट पौडेलको सहभागी थिए।

गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा अहिले चार मन्त्री र एक जना राज्यमन्त्रीले सरकार चलाउनु परेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली छिटो दिन आग्रह गर्नुभएको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै देउवाले आ–आफ्नो पार्टीमा मन्त्रीहरूको नाम छिटो टुंग्याएर दिन आग्रह गरेका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलो भइरहेको भन्दै प्रधानमन्त्री देउवाले छिटो मन्त्रीहरू टुंगो लगाउन नेताहरूलाई आग्रह गरेको पौडेले जानकारी दिइन् ।

  • २५ भाद्र २०७८, शुक्रबार १२:०० प्रकाशित