महामन्त्रीमा उमेदवारी दिने विश्वप्रकाशको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

वीपी स्मृति दिवसको अवसरमा शर्माले उम्मेदवारी घोषण गरेका हुन् । सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरे । उम्मेदवारी घोषण गर्नु पहिले शर्माले साइत हेरेका थिए ।

पण्डित वासुदेवकृष्ण शास्त्रीले निकालेको बिहीबार दिउँसो एक बजेर ७ मिनेटको साइतमा शर्माले उमेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारी घोषण गर्ने क्रम बढेको छ । यस पहिले गगन कुमार थापा, प्रदिप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरीसकेका छन् ।

  • २४ भाद्र २०७८, बिहीबार १३:११ प्रकाशित