दोस्रो तहका नेताको कमजोरीले एमाले विभाजन : सुरेन्द्र पाण्डे

केन्द्रभाग मिडिया

पोखरा  ।
एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले दोस्रो पुस्ताका नेताहरुको कमजोरीले एमाले विभाजन भएको बताएका छन् । बुधबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

शीर्ष नेताहरुको पछि लाग्नु नै आफूहरुको कमजोरी भएको उनको टिप्पणी छ । ‘दोस्रो तहका नेताहरु शीर्ष नेताहरुको पछाडि लाग्नु नै कमजोरी भयो भन्ने लाग्छ । हामी कोही केपी कम्रेडको पछि नलागेको भए, कोही माधव झलनाथ या बामदेवको पछि नलागेको भए पुरानो जेनेरेसन तर्फ नलगेको भए । त्यसको डिजाइनमा नलागेको भए हामी यो विभाजन रोक्न सक्थ्यो । पछिल्लो समय हामीले जुन प्रयास ग¥यो यो पहोर साल गर्न सक्नु पर्दथ्यो । पार्टी जोगाउनुपर्छ नेताहरुको पछि लाग्नुहुँदैन भनेर कतैपनि नलागी रोक्ने कर्तव्य हो भनेर लागेको भए पार्टी विभाजन हुने थिएन’ उनले भने ।

समग्र पार्टी र समग्र आन्दोलनलाई जोगाउने कुरालाई बेलैमा आफूहरुले नसोचेको उनले स्विकार गरेका छन् । ‘हामीले समग्र आन्दोलन र समग्र पार्टीको तर्फ सोचेर कुनै नेता तर्फ नलागेको भए सबै जोगिन्थ्यो’ उनले दोहो¥याए । यद्यपी यसलाई आफूहरु पाठका रुपमा लिएको र आगामी दिनमा सच्याएर लैजाने बताए ।

आफूहरु मुलभुत रुपमा २ जेठमै फर्केको तर्क गर्र्दै १० बुँदे सहमति अनुरुप पार्टी २ जेठमा फर्कदा समेत माधव नेपालले पार्टी छोड्नु आप्पत्तिजनक रहेको उनको भनाई छ । ‘हामीहरु मुलभुत रुपमा २ जेठमै फर्केका छौं । त्यस अगाडि उहाँहरु(ओली पक्ष)ले राखेका बैठक र निर्णण खारेज गर्ने र हामी(तत्कालिन माधव नेपाल पक्ष)ले गरेको भेला लगायतका गतिविधि अन्त्य गर्ने सहमति हो ।

माओवादीबाट आउनुभएका नेताहरुलाई कहिँ न कहीँ एड्जस्ट गर्र्नै पथ्र्याे । त्यो काम भएको छ । उहाँ सचिवालयमा हुनुहुन्थ्यो । एमालेमा सचिवालय छैन । त्यसो भएको हुनाले स्थायी समितिमा हुनुहुन्छ । तर, १० बुँदे सहमति हुँदा पनि माधव नेपालले पार्टी छोड्नु दुखद् हो’ उनले भने । नेता पाण्डेले उही विचार र दृष्टिकोण बोकेर नयाँ पार्टी खोल्नुको औचित्य नरहने बताए ।

विगत २०५४सालमा पार्टी विभाजन भएको दृष्टान्त दिँदै उनले ‘उही जबज, उही, पुष्पलाल, उही मनमोहनको विचार बोकेर नयाँ पार्टी खोल्नुको औचित्य छैन । केवल आपसी गालीगलौज गर्दा फालानाले पेल्यो भन्ने आधारमा पार्टी विभाजनको औचित्य छैन । यसमा आम जनताको सरोकारको विषय रहँदैन’ उनले भने ।

  • २३ भाद्र २०७८, बुधबार १३:१९ प्रकाशित