एमाले अध्यक्ष ओली आज पोखरा आउदैँ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउदै छन् ।

नेकपा एमाले कास्की जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा आउने लागेका हुन् । पार्टी विभाजन पछिको पहिलो पटक पोखरामा एमालेले कार्यकर्ता भोलाको आयोजना गरेको छ ।

अध्यक्ष ओलीसँगै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसमेत  भेलामा सहभागी हुदैँछन् । ओली एघार ५५ बजेको प्लेनमा काठमार्डौबाट पोखरा आउने र १२: ३० बजे कार्यक्रम सुरु हुने जिल्ला अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए ।

एमाले विभाजन नहुदै गठन भएको समानान्तर कमिटिमा माधन कुमार नेपाल समूहबाट पाण्डे गण्डकी इन्चार्ज समेत थिए । तिनै पाण्डे आजको भेलामा विशेष अतिथिको रुपमा सम्बोधन गर्न आउदै छन् ।

पार्टी विभाजन भए पनि कास्कीमा त्यसको प्रभाव देखिएको छैन । पार्टी एक ढिक्का हुदा पनि कास्की ओलीको पकड भएको जिल्ला थियो ।

पार्टी फुटेपछि एमालेको अवस्थालाई सुदृढ बनाउन र कार्यकर्तालाई आवश्यक प्रशिक्षण दिन भेलाको आयोजना गरिएको थापाले बताए । भेला पोखरा सभागृहमा राखीएको छ ।

विगतका भेलामा ओलीका ठुलाठुला फोटो र स्वागत द्धार निर्माण गरिने गरेकोमा यस पटिक भने भड्कीले प्रचार गरिएको छैन । सभागृहको हललमा मदनभण्डारीको फोटो सहितको व्यानर टासिएको छ ।

  • २२ भाद्र २०७८, मंगलवार १०:३६ प्रकाशित