Old Website
२०७९ असार १८, शनिबार
July 2, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेस केन्द्रीय सदस्यमा लक्ष्मी पाण्डेद्वारा उम्मेदवारी घोषणा

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७८ मंसिर २२ १२:४७
कांग्रेस केन्द्रीय सदस्यमा लक्ष्मी पाण्डेद्वारा उम्मेदवारी घोषणा
ShareTweetPin

पोखरा ।

महिला सशक्तिकरणका मुद्दामा होस् वा चाहे मुलुकका निम्ति प्रजातन्त्र र लोकतन्त्र सुदृढीकरणका मुद्दामा होस्, जहिल्यै अग्रपक्तिंमा देखिने अनुहारमध्येकी हुन्, कास्कीकी कांग्रेस नेता लक्ष्मी पाण्डे ।

नेपाली कांग्रेस जिल्ला समिति कास्कीको कोषाध्यक्षको कार्यकाल सफलतापूर्वक हालै मात्र सम्पन्न गरेकी पाण्डे केन्द्रीय राजनीतिमा ‘डेब्यू’ गर्ने आंकाक्षा व्यक्त गरेकी छन् ।

मंसिर २४ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएकी हुन् । उनी कास्की क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन् ।

तीन दशकभन्दा बढी अवचिलित कांग्रेसको राजनीतिमा क्रियाशिल पाण्डे तमाम् महिलाहरु निम्ति प्रेरणाको स्रोत बनेकी छन् । साथै, उनले सम्हाल्ने जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने गरेकी छन् । त्यसको पछिल्लो उदाहरण हो कास्की समितिको कोषाध्यक्षको कार्यकाल ।

देशभरीका कांग्रेस जिल्ला समिति कोषाध्यक्षहरुको राष्ट्रिय समितिको महासचिव रहेकी पाण्डेले २०७६ चैतमा एउटा सम्मेलन पोखरामा आयोजना गर्न सफल भएकी थिइन् । ‘महिलालाई नेतृत्व दिएको ठाउँ असफल भएको छैन,’ उनी भन्छिन्, ‘त्यसकै दृष्टान्त कास्कीमा मैले कांग्रेसको कोषाध्यक्ष हुँदा जिम्मेवारी निभाएर प्रमाणित गरेकी छु भन्ने ठानेकी छु र सबै प्रतिनिधिहरुले मलाई हौसला दिनुभएको छ ।’ कोषाध्यक्षहरुको राष्ट्रिय समितिले पनि आफूलाई केन्द्रीय सदस्यमा उभ्याएको पाण्डे सुनाउँछिन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति थालेकी पाण्डे कास्की कांग्रेसको कोषाध्यक्ष हुनुपूर्व क्षेत्रीय इकाई सभापति भएकी थिइन् । त्यसैगरी उनले जिल्ला महिला संघ कास्कीको पनि नेतृत्व सम्हालेकी थिइन् । नेविसंघको राजनीतिक आन्दोलनका क्रममा र २०६२-०६३ को जनआन्दोलनमा उनी पटकपटक प्रहरी गिरफ्तारीमा परेकी थिइन् । स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पनि जिल्ला कोषाध्यक्ष हुँदै गर्दा आर्थिक संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी पाण्डेले सम्पन्न गरिन् ।

लामो समयको निरन्तरता र मुलुकको व्यवस्था परिवर्तनमा योगदान पु¥याएकी पाण्डेले पार्टीलाई सुदृढ र नयाँ पुस्तामाझ आकर्षणीय बनाउन आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘कांग्रेसप्रति यससमय नयाँ पुस्ताको लोभलाग्दो आकर्षण देखिन्छ । तर पार्टीका भातृ संघहरुमा लामोसमयदेखि नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन्,’ उनी भन्छिन्, ‘यसलाई सम्बोधन गराउनका लागि पनि आवाज उठाउने ठाउँमा मेरो आवश्यकता सबैले महशुस गरेको बोध मैले गरेकी छु ।’

पार्टीलाई सशक्त र समाजमा चलायमान बनाउन इच्छाशक्ति भएको नेतृत्व आवश्यक हुने हुँदा प्रतिनिधिहरुले सो अनुसारको नेतृत्व चयन गर्नेमा उनी आशावादी छन् । ‘जो व्यक्ति सामाजिक हुँदैन, त्यो राजनैतिक हुन सक्दैन र जो व्यक्ति राजनैतिक हुँदैन त्यो सामाजिक हुन सक्दैन’ भन्ने मान्यता राख्ने पाण्डे दुई कार्यकाल पोखराको नव आदर्श क्लबमा दुई कार्यकाल सचिव भई जिम्मेवारी सम्पन्न गरेकी थिइन् ।

हालसम्म पार्टीका विभिन्न जिम्मेवारीमा रहँदा जस्तै कार्यभार प्रतिनिधिहरुले केन्द्रीय समितिमा पु¥याएर पुनः सुम्पिनेमा उनी विश्वस्त छिन् । ‘अवसर पाएमा प्रमाणित गर्ने ठाउँमा म पुग्ने छु । आशा छ, महाधिवेशन प्रतिनिधिहरुले मलाई केन्द्रीय समितिमा अवसर दिनुहुने छ ।’

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह
अर्थ

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए
समाचार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन
समाचार

काठमाडौंमा थप तीन जनामा हैजा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता
राजनीति

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने
समाचार

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा
प्रमुख समाचार

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

यस संग सम्बन्धित

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

नवनियुक्त पर्यटनमन्त्री भन्छन्,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ’

नवनियुक्त पर्यटनमन्त्री भन्छन्,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ’

एमाले अर्थमन्त्रीको जवाफ नसुन्ने, अर्थमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग

एमालेको बहिष्कारबीच तीन विधेयक पारित

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

गठबन्धनको बैठक बस्दै  : वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

राजेन्द्र श्रेष्ठबाहेक अन्य मन्त्रीलाई हेरफेर गर्ने जसपाको तयारी

राजेन्द्र श्रेष्ठबाहेक अन्य मन्त्रीलाई हेरफेर गर्ने जसपाको तयारी

खुमलटारमा प्रचण्ड–राजेश हमाल भेट

खुमलटारमा प्रचण्ड–राजेश हमाल भेट

सर्वाधिक पढिएका

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह
अर्थ

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए
समाचार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन
समाचार

काठमाडौंमा थप तीन जनामा हैजा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता
राजनीति

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने
समाचार

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा
प्रमुख समाचार

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.