मणिपाल शिक्षण अस्पतालसंग कर असुल्न महालेखाको निर्देशन

केन्द्रभाग मिडिया

निमदत्त सुवेदी

पोखरा ।

महालेखापरीक्षकको कार्यालयले पोखराको फूलवारीमा संचालित मणिपाल शिक्षण अस्पतालवाट रु .६ करोड ६७ लाख ७३ हजार कर असूल गर्न निर्देशन दिएको छ ।

संस्थाको आफ्नै स्वामित्वको सम्पत्ति कर २०७६।७७ को रु.१६,९०,४२१।– बहालमा लिएको सम्पतिको बक्यौता घर जग्गा कर २०७६।७७ सम्मको रु.५,४८,३३,५९१ र वहालमा लिएको सम्पतिको सम्पति कर २०७२।७३ देखि २०७६।७७ सम्मको रु.१,०२,४८,९८८।– समेत रु ६ करो ६७ लाख ७३,००० ।– असुल गर्न कार्यालयले निर्देशन दिएको हो ।

मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रा.लि., पोखरा महानगरपालिका ११ फुलवारी र नेपाल सरकारसँग ४९ वर्षको लागि व्यवसायिक प्रयोजनको लागि लिजमा लिई आफ्नै लगानीमा अस्पताल, क्वाटर बनाई प्रयोग गरेको अवस्थामा नेपाल सरकार (सचिव स्तर) को २०६८।५।९ को निर्णय अनुसार स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १३६ वमोजिम नगरपरिषद्ले निर्धारण गरे वमोजिमको घरजग्गा कर नियम कानून वमोजिमको असुल गर्नुपर्ने देख्रिएको महालेखापरीक्षकको कार्यालयले दिएको लेखापरीक्षणमा उल्लेख छ ।

  • २१ भाद्र २०७८, सोमबार १३:५६ प्रकाशित