पोखरामा एमसीसी विरुद्ध धर्ना, ‘राष्ट्रप्रेमी सबैले विरोध गर्नुपर्ने'(भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा, २१ भदौ ।
संयुक्त देशभक्त मोर्चाको व्यानरमा पोखरेली नागरिक अभियान्ताहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध धर्ना दिएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि सहिदचोकमा धर्ना दिएका हुन् । विहान ९ः४५ देखि एक घण्टासम्म सहभागीले एमसीसी विरुद्ध विभिन्न नारा अंकित प्लेकार्ड लिएर मौन धर्ना दिएका थिए ।

राष्ट्रहित प्रतिकुल भएकाले एमसीसी परियोजना संसदमा प्रवेश नगराउन दबाब सवरुप आफूहरुले धर्ना दिएको नागरिक अधिकारकमी रामबहादुर पौडेलले जानकारी दिए । ‘राष्टहित विपरितको एमसीसी संसदबाट पारित गरिने प्रपञ्च रचिएको छ । त्यसलाई रोक्नका लागि हामीले धर्ना दिएका हौं,’ नागरिक अधिकारकर्मी पौडेलले भने ।

धर्नामा सहभागी वरिष्ट अधिवक्ता तीलक पराजुलीले एमसीसीमा उल्लेखित बुँदा राष्ट्रको हित प्रतिकुल रहेको बताए । नेपालको संविधान र कानुन भन्दा माथि सम्झौता रहने प्रावधान राखिएको, नेपालमा आउने पैसाको महालेखा परीक्षण गर्न नपाउने र उसैको उसले आफै अडिट गर्ने, सुरक्षाकर्मी उनीहरुले नै ल्याउने जस्ता प्रावधान राष्ट्रहित रहेको उनले बताए । यसको विरुद्धमा सम्पूर्ण देशभक्त उत्रनुपर्ने समेत उनले बताए ।

अमेरिकाले सहयोगकको नाममा आफ्नो सेना नेपाल उतार्ने योजनासहित एमसीसी परियोजना जवरजस्ती ल्याउन खोजेको उनको आरोप छ । अहिले अफगानिस्थानबाट फर्किएको अमेरिकी सेना दक्षीण एसियाबाट फर्कन नचाहेको र उसलाई नेपालमै राख्ने योजना रहेको उनको टिप्पणी छ । ‘अमेरिकीहरु तिमिहरुले सहयोग लिनै पर्छ भनेर बाध्य पार्न खोज्दैछन् ।

नेपालका साशक र राजनीतिकदलहरुलाई तर्साउने अनि प्रभावमा पार्ने काम भइरहेको छ । यसका लागि उनीहरु साम दाम र दण्डभेद्को रणनीति अपनाउँदै छन् । सत्तारुढ दल कांग्रेस र विपक्षी दल एमाले जसरी हुन्छ एमसीसी पास गर्न खोज्दैछन् । त्यही भएर एमाले अध्यक्षले बारम्बार एमसीसी के हुन्छ भन्दै प्रश्न गरिरहेका छन् । यसलाई जसरीपनि रोक्नै पर्छ । त्यसका लागि शान्तिपूर्ण धर्नाले भएन भने नागरिक अर्र्कैढंगले उत्रनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

  • २१ भाद्र २०७८, सोमबार १३:३८ प्रकाशित