एमाले जनप्रतिनिधिलाई माधव नेपालको पार्टीमा लाग्न धम्की !

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा लाग्न आफ्नो पार्टीका नेता कार्यकर्तालाई अरु पार्टीका नेता कार्यकर्ताले धम्क्याएको नेकपा एमालेले आरोप लगाएको छ ।

खासगरी आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको एमालेले बताएको छ । पार्टी विभाजित भएपछि २१ दिनभित्र नेपालको पार्टीमा सनाखत गराउन चाहने समय आयोगले जनप्रतिनिधिलाई दिएकामा सो दलमा लाग्नका लागि आफ्ना पार्टीका जनप्रतिनिधिलाई धम्की आएको एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै आरोप लगाएका हुन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै महासचिव पोखरेलले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नका लागि अरु पार्टीका नेता कार्यकर्ताहरूले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलाप भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने प्रष्ट भएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ।

  • २१ भाद्र २०७८, सोमबार ०८:३३ प्रकाशित