सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी एमाले भन्दा ठूलो दल

केन्द्रभाग मिडिया

पोखरा । सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी एमाले भन्दा ठूलो बनेको छ।

उक्त पार्टी रोज्ने सांसदको संख्या आइतवार १३ पुगेपछि सुदूरपश्चिममा एकीकृत समाजवादी एमाले भन्दा ठूलो दल बनेको हो।
यसअघि एमालेका १० प्रदेश सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए। आइतवार थप तीन सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

आइतवार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले निर्वाचन आयोग पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

२०७४ सालको निर्वाचनमा उनीहरु नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका थिए।
तर एमाले विभाजनसँगै उनीहरु नवगठित नेकपा एकीकृत समाजवादी पार्टीतिर लागेका हुन्।

यससँगै सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका १२ सांसद मात्रै कायम भएका छन्। एकीकृत समाजवादीले एमालेका १३ सांसदलाई आफ्नो पक्षमा तानेर ठूलो दल बनेको हो।
त्यहाँ माओवादी केन्द्रका १३ सांसद रहेका छन्। उता कांग्रेसका १२ सांसद छन्। त्यस्तै जनता समाजवादी नेपालका दुईजना सांसद रहेका छन्।
अछाम क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित झपट बोहरा एमालेतिर लागेपछि माओवादीका १३ मात्रै सांसद छन्।

 

  • २० भाद्र २०७८, आईतवार १६:४७ प्रकाशित