गण्डकीमा आइतबार ३२८ संक्रमणम मुक्त, थप ९२ जनामा संक्रमण, ६ जनाको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकीमा थप ९२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९०४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ३२८ जना संक्रमण मुक्त भएका छन् भने, थप ६ संक्रमितको निधन भएको छ ।

हाल आइसोलेसनमा रहनेको संख्या २ हजार ४१० छ । ती मध्य २ हजा र११८ जना होमआइसोलेसनमा छन् ।

  • २० भाद्र २०७८, आईतवार १७:१६ प्रकाशित