नख्खु कारागारमा नाइके र कैदी वीच तनाव,कैदीहरुले भित्रवाट ताला लगाईदिए

केन्द्रभाग मिडिया

पोखरा । ललितपुरको नख्खु कारागारमा आज नाइके र कैदी वीच तनावको स्थिति सृजना भएको छ ।

जेलभित्रको पसलहरूमा महँगी अत्यधिक बढाइएको, सेवा सुविधा पारदर्शी नभएको लगायतका विषयमा असन्तुष्टि जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका छन् भने सो क्रममा तनावको अवस्था सिर्जना भएको हो ।

कैदीबन्दी र चौकीदार पक्षबीच विवाद चर्किएको हो भने सो क्रममा कैदीबन्दीले चर्को नाराबाजी गरिरहेका छन् ।
तनावको अवस्थापछि कैदीबन्दीले भित्रबाट कारागारमा ताला लगाइदिएर आन्दोलन गरिरहेका छन् ।

विवाद भएको खबरपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरीसमेत पठाइएको छ। परिसरबाट ४० जना प्रहरीको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए।

 

  • २० भाद्र २०७८, आईतवार १५:४९ प्रकाशित