पोखरा महानगरपालिकामा स्वीकृत कर्मचारी दरवन्दी मध्ये झण्डै दुई तिहाई करारमा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल अधिराज्यमा क्षेत्रफलको हिसावले सवैभन्दा ठूलो पोखरा महानगरपालिकामा स्वीकृत कर्मचारी दरवन्दी मध्ये झण्डै दुई तिहाई करारमा रहेका छन् ।

नेपाल सरकार मन्त्रीपरिषदको २०७४–१२–१८ को निर्णयवाट स्थानीय तहमा सेवा प्रवाह सम्वन्धी व्यवस्था २०७४ स्वीकृत गरी महानगरपालिकामा ३६२ जना कर्मचारीको दरवन्दी स्वीकृत भएको थियो ।

महालेखापरीक्षकको कार्यालयले आ .व .२०७५–७६ मा गरेको लेखापरीक्षणमा स्वीकृत दरवन्दी मध्ये २५० जना करारमा भएको उल्लेख गरेको छ ।
महानगरपालिका यति वेला राजनैतिक दल,ठूलावडा कर्मचारी,टाठावाठा,मेयर ,उप–मेयर र वडा अध्यक्ष श्रीमती,छोराछोरी, भाई भतिजा,नातागोतालाई जागिर खुवाउने थलो वनेको छ ।

ठूलावडाको सोर्स फोर्समा जागिर पाएकाले उनीहरुलाई त्यहां कसैले हल्लाउन सत्तैmन । गत वर्ष लोक सेवा आयोगले अधिराज्यका सवै नगरपालिका र गाउं पालिकाहरुमा कर्मचारीहरुको खाली रहेको दरवन्दीमा पदपूर्ति गर्यो । तर पोखरा महानगरपालिकाले भने ठूलावडा नातागोताका करार कर्मचारी हटाउन नसक्ने भएर नै खाली दरवन्दीको विवरण उपलव्ध गराउन सकेन ।

महानगरपालिकाले आवश्यक दरवन्दी पदपूर्ति गरी स्थानीय सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिलाई व्यवस्थित र प्रभावकारी वनाउन समयमै ध्यान दिन महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ ।

लेखापरीक्षणको समयमा वडाहरुको स्थलगत निरीक्षण गर्दा वडा नं . २० मा कर्मचारीको अभाव देखिएको, कम्प्यूटरको अभावको कारण तथा दक्ष प्राविधिक कर्मचारीको अभावले राजस्व उठ्तीमा प्रभाव परेको समेत महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

  • २० भाद्र २०७८, आईतवार १३:४४ प्रकाशित