मनकामना केबलकार खुल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
मनकामना केबलकार आजबाट खुलेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि बन्द भएको केबलकार आजदेखि पुनः सञ्चालनमा आएको हो । गोरखामा निषेधाज्ञा हटेलगत्तै केबलकार पुनः सञ्चालनमा आएको हो ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबलकार बन्द भएको थियो । केबलकार बन्द हुँदा मनकामना जाने दर्शनार्थी समेत निकै कम भएका थिए । मनकामना क्षेत्रका सयौं व्यवसायी प्रभावित भएका थिए । हजारौंको रोजगार प्रभावित भएको थियो ।

मनकामना केबलकार पुनः सञ्चालनमा आएपछि त्यस क्षेत्रको व्यवसाय पुनः सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ । केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

प्रालीले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गर्दै आएको छ । संक्रमणको जोखिम मध्येनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाको व्यवस्था मिलाइएको मन्दिरका मूलपूजारी इनसान थापाले जानकारी दिए ।

  • २० भाद्र २०७८, आईतवार ११:०२ प्रकाशित