डब्ल्यूएचओको बैठक भदौ २१ देखि काठमाडौँमा बस्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ ।

यहीँ भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुन लागेको बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य देशका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरूको उपस्थित रहनेछ । साथै संयुक्त राष्ट्रसंघीय निकायलगायत संस्थाका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ ।

बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने र भाइरल हेपाटाइटिस, एचआइभी तथा यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ ।

यस्तै स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ ।

बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ । दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश रहेका छन् ।

  • २० भाद्र २०७८, आईतवार १०:३२ प्रकाशित