नेपालले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौंँ ।
नेपाल र भारतको राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज दशरथ रंगशालामा हुदैँछ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । आइतबारको खेल पनि बिहीबार जस्तै साँझ ५ः३० बजे सुरु हुनेछ ।

बिहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।
एक गोलको अग्रता जोगाउन नसक्दा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा भारतसँग बराबरी खेलेको छ ।

मैत्रीपूर्ण खेलपछि शुक्रबार नेपाली टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार जानेछ । त्यहिबाट असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपमा भाग लिन जानेछ । आयोजक समेत रहेको साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै नेपालले साफ च्याम्पियनसिपको यात्रा थाल्नेछ ।

बंगलादेशमा २०१८ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले हराएको थियो । त्यो संस्करण माल्दिभ्सले जितेको थियो । यसपटक ५ टोलीको सहभागिता रहने च्याम्पिनसिपमा राउन्ड रोविनका आधारमा हुनेछ ।

साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

  • २० भाद्र २०७८, आईतवार १०:२९ प्रकाशित