एमाले निकट कानुन व्यवसायीको भेलामा ओली नजाने भएपछि ज्ञवाली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीनिकट कानून व्यवसायी संगठनले बोलाएको कार्यक्रममा नजाने भएका छन् ।

ओलीलाई प्रमुख अतिथि बनाएर एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) ले आज भेला डाकेको थियो ।

एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपाललाई थाहा नै नदिइ भेला राखेपछि विवाद भएको छ ।
आफू सहभागी हुँदा पार्टीभित्र फेरि विवाद बढ्ने भन्दै ओली कार्यक्रममा सहभागी नहुने भन्दै प्रवक्ता प्रदिप ज्ञवालीलाई भेलामा पठाएका छन् ।

पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति अनुसार अघि बढ्नु बेलामा यस्तो भेलाले पार्टीमा जटिलता उत्पन्न हुने भन्दै नेता रघुजी पन्तले भेला रोक्न आग्रह गरेका थिए ।

अहिले एमाले २०७५ जेठ २ अघिको अवस्थामा फर्किएको बताइएको छ । त्यती बेला पीपीएलएको इन्चार्ज थिए ।

 

  • १८ भाद्र २०७८, शुक्रबार १५:५३ प्रकाशित