काँग्रेसको संस्थापन ईतर पक्षले महाधिवेशनमा एकजना मात्र साझा उम्मेदवार उठाउने

केन्द्रभाग मिडिया

पोखरा । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुले आगामी मंसिरमा हुने १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने एकजना उम्मेदवार सहमतिमै चाँडै घोषणा गर्ने बताएका छन्।

संस्थापनबाट शेरबहादुर देउवा फेरि दोहोरिने चर्चा चलिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सहमतिमै सभापतिको साझा उम्मेदवार केही दिनमै सार्वजनिक गर्ने बताएका हुन्।

कांग्रेसमा शुक्रबारदेखि वडास्तरीय अधिवेशन हुँदैछ। यसअघिको कार्यतालिकाअनुसार हो भने कांग्रेस यसबेला महाधिवेशनबाट नयाँ नेतृत्व छान्न व्यस्त हुन्थ्यो।

संस्थापन इतर नेताहरुको तर्फबाट साझा आवाज बोल्दै पौडेलले सहमतिमै अघि बढ्ने बताए।हाम्रोतर्फबाट सभापतिको उम्मेदवार एकजना मात्रै हुनेछु, पौडेलले भने,यो कुरामा हाम्रा देशभरका साथीहरुलाई पनि विश्वास दिलाउन चाहन्छौँ।

अहिले संस्थापन इतर समूह पार्टीलाई एक बनाएर अघि बढाउने योजनामा रहेको पनि उनले बताए।  कांग्रेसलाई एकतावद्ध बनाउन लागेका छौँ। एकतावद्ध कांग्रेसमा हाम्रो अस्तित्व पनि जोगाउनु छु, उनले भने, ‘हामी हाम्रो एकतालाई १४ औँ महाधिवेशनका लागि जोगाइराख्छौँ। सबैको सहमतिमै एकजना सभापतिका उम्मेदवार बनाउँछौँ।
पौडेलले मात्रै बोलेको पत्रकार सम्मेलनमा उनीसहित महामन्त्री शशांक, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा। रामशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइराला, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, गगन थापा, सरिता प्रसाईं र किरण यादव सहभागी थिए।

 

  • १७ भाद्र २०७८, बिहीबार १६:०७ प्रकाशित