माओवादीसंग पार्टी एकताको संभावना छैन–नेपाल

केन्द्रभाग मिडिया

sf7df8f}F, ^ k';M ;d;fdlos ljifodf wf/0ff /fVb} jl/i7 g]tf g]kfn d'n'ssf] ljsl;t kl5Nnf] /fhgLlts 36gf qmdaf/] ;~rf/sdL{;fd' cfˆgf] wf/0ff /fVb} k"j{k|wfgdGqL dfwjs'df/ g]kfn . tl:a/M /f]zg ;fksf]6f ÷/f;;

पोखरा । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकताको कुनै सम्भावना नरहेको वताएका छन् ।

पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न वताए ।

‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै उनले यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

नेता नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको पनि बताए । उनले भने, ‘मन्त्रिपरिषद विस्तारका विषयमा २२÷२३ गतेसम्म त कसैले पनि चुइक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’

अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका संसदसहितका जनप्रतिनिधिहरूलाई आह्वान पनि गरे । केपी ओली र उनका मान्छेहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

 

  • १७ भाद्र २०७८, बिहीबार १४:१९ प्रकाशित