प्रदेश २ मा ११ साँसदले महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी दलमा खनाखत

केन्द्रभाग मिडिया

पोखरा । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का ११ सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी दलमा सनाखत गरेका छन्।

सांसद जितेन्द्र सोनलको नेतृत्वमा ११ सांसदले बुधबार सनाखत गरेका हुन्। लोसपासँग हाल २२ सांसद छन्।
बुधबार प्रदेश २ निर्वाचन कार्यालय जनकपुर पुगेर लोकतान्त्रिक समाजवादी दलमा सांसदहरूले सनाखत गरेका हुन्।
जसपा एकीकृत हुँदा पूर्वसमाजवादी फोरम का ३० र राजपाका २५ गरी ५५ सांसद थिए।

जसपा विभाजन भएसँगै महन्थ ठाकुर पक्षले सो दलको आधिकारिकता गुमाएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै ठाकुरले लोकतान्त्रिक समाजवादी दल दर्ता गरेका हुन्।

दल विभाजन भएको २१ दिनसम्म सांसदहरूले दल रोज्न पाउँछन्। लोकतान्त्रिक समाजवादी दल यही भदौ १ गते निर्वाचन आयोगमा दर्ता भएको हो। सो दलले भदौ ९ गते आधिकारिकता पाएको थियो।

 

  • १६ भाद्र २०७८, बुधबार १६:४९ प्रकाशित