देउवा सरकारवाट केही काम नहुने भयो–प्रचण्ड

केन्द्रभाग मिडिया

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले वनेको देउवा सरकारवाट केही काम नहुने वताएका छन् ।
सर्लाही(काठमाडौं सम्पर्क समितिले राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,माओवादीनै देशमा पहिलो पार्टी भएर नआउँने बेलामा देश यस्तै भइरहने वताए ।

आफुलाई राजनितीको माहिर खेलाडी ठान्ने र नेपालको राजनिती आफ्नै वरिपरी घुमिरहेको छ भन्ठान्ने प्रचण्डले अहिलेको परमादेश बाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकार बाट पनि पार नलाग्ने निचोडमा उनि पुगेका छन् ।

‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’

माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गर्दै प्रचण्डले अभियान लिएर गाउँ गाउँ जान कार्यकर्तालाई आग्रह पनि गरे । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

सरकारलाई पूर्णता दिने विषयमा आज पनि छलफल भएको बताउँदै उनले भोलि पनि बसेर यसबारेमा ठोस कुरा हुने जानकारी दिए । प्रचण्डले छिट्टै प्रदेश १ को सरकार ढल्ने बताएका छन् ।

 

  • १६ भाद्र २०७८, बुधबार १५:३६ प्रकाशित