उपेन्द्र यादवको पार्टी भन्दा आफनो पार्टी मजवुत–महन्थ ठाकुर

केन्द्रभाग मिडिया

पोखरा । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् ।

झण्डै पार्टीविहीन अवस्थामा पुगेका ठाकुरले प्रधानमन्त्री शेर वहादुर देउवाले अध्यादेश ल्याएर पछि नयां पार्टी गठन गरेका थिए ।
बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले भने –हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी वलिया छौं ।’

लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताह्ररु सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकपुर आएका छन् ।
आज जसपाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु नयाँ दल रोज्नका लागि निर्वाचन कार्यालय पुग्दैछन् । यहीबेला ३ वरिष्ठ नेताहरुको आगमनलाई महत्वपका साथ हेरिएको छ ।

 

  • १६ भाद्र २०७८, बुधबार १४:४७ प्रकाशित