Old Website
२०७९ असार २०, सोमवार
July 5, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आन्दोलनले अशान्त वायुसेवा निगम लयमा फर्किँदै

केन्द्र खबर केन्द्र खबर
समाचार
२०७८ अशोज २६ १६:०३
आन्दोलनले अशान्त वायुसेवा निगम लयमा फर्किँदै
ShareTweetPin

काठमाडौं ।
राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा विगत १०४ दिनदेखि भइरहेको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण लामो समयदेखि अशान्त रहेको निगम विस्तारै लयमा फर्किने निगमले अपेक्षा गरेको छ ।

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि संस्थालाई निजीकरण गर्न लागिएको भन्दै निगमभित्रका ट्रेड युनियनले आन्दोलन गर्दै आएका थिए । गत असार १८ गतेदेखि असोज २५ गते सोमबारसम्म निरन्तर कार्यालय समयमा धर्ना र नारावाजी गर्दै विरोध जनाएका थिए ।

नयाँ सडकस्थित निगमको मुख्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हरेक दिन कर्मचारीले धर्नाको कार्यक्रम गर्ने गरेका थिए । झण्डै तीन महिनापछि विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाएपछि निगमभित्रको समस्या किनारालाग्ने वातावरण बनेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यही असोज २२ गते पर्यटन मन्त्रीमा प्रेम आलेलाई नियुक्त गरेका थिए । पदबहालीका क्रममा मन्त्री आलेले निगमलाई सुदृढ र प्रभावकारी ढङ्गले अघि बढाउने उद्घोष गरेका थिए ।

सोहीअनुरुप सोमबार मन्त्रालयमा पर्यटनमन्त्री आलेसँग भएको छलफलपछि कर्मचारीले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए । निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आफ्ना सबै आन्दोलन स्थगित गरेको मन्त्री आलेलाई जानकारी गराए ।

मन्त्री आले तथा वायुसेवा निगमका कर्मचारीबीच निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमति पश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले जानकारी दिए ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेलका कारण वायुसेवा निगम घाटामा गइरहेको आरोपसहित कर्मचारीले आन्दोलन गर्दै आएका थिए । आन्दोलनका कारण निगमका महाप्रबन्धक पौडेल १०२ दिनदेखि कार्यालय पुग्न सक्नुभएको थिएन । कर्मचारीको आन्दोलन स्थगित भएसँगै लामो समयदेखि अस्तव्यस्त बनेको निगमको काम कारबाही सहज हुने महाप्रबन्धक पौडेलको भनाइ छ ।

“विभागीय मन्त्री आएसँगै निगमका कर्मचारीले जिम्मेवारी महसुस गरेर सङ्घर्षका कार्यक्रम स्थगित गरेका छन्, यसले निगमको सकारात्मक सन्देश गएको छ । बाँकी काम कारबाहीलाई प्रभावकारी ढङ्गले अघि बढाउँछौँ”, उनले भने। निगमलाई कम्पनी लिमिटेड बनाउने कार्ययोजनाबारे पुनः छलफल गरेर मात्र निर्णय लिइने पनि महाप्रबन्धक पौडेलले बताए ।

नेपाल वायुसेवा निगका कर्मचराीले निगमलाई कम्पनी लिमिटेड बनाउने, ५१ प्रतिशत शेयर निजी क्षेत्रलाई दिने र निगमको अस्तित्व नै मेटाउने गरी बोर्ड लागेको भन्दै विरोधस्वरुप गरेको आन्दोलको एक सय दिनमा निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री पाएको छ ।

निगमका महाप्रबन्धक पौडेलले निगमलाई निजीकरण गर्न प्रबन्धपत्र र नियमावली परिवर्तन गरेर मन्त्रालय पठाएको भन्दै निगमका कर्मचारीले आन्दोलन गरेका थिए । कर्मचारी आन्दोलन रोक्न पर्यटन मन्त्रालयले निगमलाई निजीकरण गर्ने विषयमा छलफलसमेत नभएको र कम्पनी मोडलमा लैजाने प्रस्तावलाई अगाडि नबढाएको स्पष्ट पारेको थियो ।

यसअघि सरकारले गठन गरेको विभिन्न सात वटा समितिले निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने र निजीकरण गर्नुपर्छ भन्ने सुझाव दिएकाले कार्यान्वयनको पहल सुरु गरिएको निगम व्यवस्थापनको भनाइ छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

यस संग सम्बन्धित

पोखरा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

पोखरा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

विनोद शाही हत्या प्रकरण : स्थानीय पुन आन्दोलित, प्रहरीद्वारा हवाई फायर

विनोद शाही हत्या प्रकरण : स्थानीय पुन आन्दोलित, प्रहरीद्वारा हवाई फायर

भारतीय दूतावासका गार्डले गोली हानी गरे आत्महत्या

भारतीय दूतावासका गार्डले गोली हानी गरे आत्महत्या

आज एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा

करिश्माले व्यंग्य गर्दै भनिन् : काठमाडौँ महानगरले इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु

सर्वाधिक पढिएका

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.