Old Website
२०७९ असार २०, सोमवार
July 5, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आज फूलपाती, घरघरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याएर मनाइँदै

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, समाचार
२०७८ अशोज २६ ०६:४४
आज फूलपाती, घरघरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याएर मनाइँदै
ShareTweetPin

पोखरा ।

आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

‘केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, उनले भने । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

यस संग सम्बन्धित

पोखरा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

पोखरा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

माधव नेपालको ब्रिफिङ,‘माओवादीबाट एकताको प्रस्ताव आउनु सकारात्मक’

माधव नेपालको ब्रिफिङ,‘माओवादीबाट एकताको प्रस्ताव आउनु सकारात्मक’

सर्वाधिक पढिएका

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.