Old Website
२०७९ असार २०, सोमवार
July 5, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निजी क्षेत्र जुर्मुराएमात्रै आर्थिक समृद्धि : मुख्यमन्त्री नेपाली

केन्द्र खबर केन्द्र खबर
अर्थ, समाचार
२०७८ अशोज २० २०:१०
धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल
ShareTweetPin

पोखरा  ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक समृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको पनि बताए ।

पोखरा उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभाको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकीको समृद्धिको लागि पर्यटन मुख्य आधार भएको जिकिर गरे । ‘दुई ठूला छिमेकीका उत्पादनसँग प्रतिष्पर्धा गर्दै उद्योग चलाउन कठीन छ!,उनले भने,‘उद्योगको विकास हुनैपर्छ तर हाम्रो पहिलो प्राथमिकता पर्यटन नै हो । उनले उत्तर तिब्बत र दक्षिण भारत जोड्ने कोरोला– त्रिवेणी सडक बनेपछि व्यापार बढ्ने विश्वास पनि व्यक्त गरे । गण्डकी प्रदेश सरकारले साना व्यवसायीलाई लक्षित गरी ल्याएको व्यवसाय पुनरुत्थान कोषलाई अझै व्यवस्थित बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गण्डकीमा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गण्डकीका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिलाउन प्रदेश सरकार लागिपरेको बताउँदै खोप पाएसँगै यहाँको पर्यटनले गति लिने आशा व्यक्त गरे । उनले पोखरा– जनकपुर हवाइ सेवा सुरु गर्न पहल गरिएको पनि बताए ।

गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार विकास मैत्री कानून निर्माणसँगै कानून परिमार्जनको लागि क्रियाशिल भएको बताए । उनले अबका केही दिनमा गण्डकी प्रदेशमै निजी फर्म रजिष्टे«नको व्यवस्था मिलाउन लागिएको जानकारी पनि दिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले देशमा राजनीतिक अस्थिरता निम्त्याउनेहरु सक्रिय रहेको जिकिर गर्दै अस्थिर वातावरणमा आर्थिक समृद्धि सम्भव नभएको बताए । उनले आफूलाई अब्बल सावित गर्न गण्डकी प्रदेशले राजश्वका स्रोतहरु बढाउनुपर्ने र लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले राजश्व बढाउनको लागि लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वको क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै कोभिडबाट थलिएका व्यवसायीहरुलाई राज्ययले संरक्षण गर्नुपर्ने माग गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछिको पोखरा कस्तो हुने भन्नेबारे अहिलेदेखि नै तयारी थाल्नुपर्ने उनको भनाइ थियो ।

पोउवा संघका पूर्वअध्यक्ष दीपक श्रेष्ठले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै समृद्धि प्राप्त हुने बताए । संघका अर्का पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले आर्थिक गतिविधि बढाउनको लागि वातावरणसँगै पोखराको भौतिक पूर्वाधार सुधारमा हुनुपर्ने धारणा राखे । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडले थलिएका पर्यटन व्यवसायीहरुलाई राहत दिन गण्डकीबाटै बिदा पर्यटन सुरु गर्न माग गरे ।

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरा उद्योग वाणिज्य संघले पोखराको आर्थिक वातावरण चलायमान बनाउन विशेष कार्यक्रम ल्याउन सुझाए । पोउवा संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले कोभिडका कारण थलिएको व्यापार/व्यवसायलाई गति दिने कार्यक्रम ल्याउन प्रदेश सरकारसँग माग गरे । पश्चिमाञ्चल डिलर्स एसोसियनका अध्यक्ष मोहनबाबु खड्काले अटोमोवाइल्स क्षेत्रले राजश्व दिएको योगदानको चर्चा गर्दै कोभिडका कारण यो क्षेत्र तहसनहस भएको बताए ।

संघको बुधबार नै सम्पन्न बन्द सत्रले महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बलराम आचार्यबाट प्रस्तुत आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको संघका उपमहासचिव केशवबहादुर खत्रीले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

यस संग सम्बन्धित

पोखरा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

पोखरा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

विनोद शाही हत्या प्रकरण : स्थानीय पुन आन्दोलित, प्रहरीद्वारा हवाई फायर

विनोद शाही हत्या प्रकरण : स्थानीय पुन आन्दोलित, प्रहरीद्वारा हवाई फायर

भारतीय दूतावासका गार्डले गोली हानी गरे आत्महत्या

भारतीय दूतावासका गार्डले गोली हानी गरे आत्महत्या

सर्वाधिक पढिएका

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.