पोखरामा प्रदेशस्तरिय खेलकुद पत्रकारिता तालिम हुने

केन्द्र खबर

पोखरा  ।

पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डककीकोआयोजनामा हुने यो तालिम आगामी असोज ४ र ५ गते हुने तय भएको मञ्चका अध्यक्षदीननाथ बरालले जनाए ।

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदप्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम हुन लागेको हो । तालिममा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुदपरिषद गण्डकी लगायतका विभिन्न संघसंस्थाको सहयोग रहने अध्यक्ष बरालको भनाई छ ।

तालिममागण्डकी प्रदेशका कास्की सहित ११ जिल्लाकै खेलपत्रकारहरुको सहभागीता रहने उपाध्यक्ष सुरजश्रेष्ठले बताए । श्रेष्ठका अनुसार अध्यक्ष बरालकै संयोजकत्वमा तालिम सम्पन्न हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म हुँदैछ । सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुकोसमाचार लेखनमा सहज पु¥याउने उद्धेश्यले तालिम आयोजना हुन लागेको मञ्चले जनाएको छ ।

मञ्च गण्डकीखेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरुसंगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन भएको थियो । पछि२०७५ सालमा गण्डकी प्रदेशका खेलपत्रकारलाई समेट्ने उद्धेश्यले नेपाल खेलकुद पत्रकारमञ्च गण्डकी दर्ता भएको हो । मञ्चमा हाल ७४ जना खेल पत्रकार आबद्ध रहेकाछन् ।

  • २३ भाद्र २०७९, बिहीबार १६:१९ प्रकाशित