खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

केन्द्र खबर

पोखरा ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक रहेको बताएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक श्रोत व्यबस्थापन कलेजमा आयोजित बिदाई कार्यक्रममा बोल्दै बरालले ४ अर्ब बराबरको खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक भएको बताएका हुन् ।

पछिल्लो समयमा युवाहरुमा कृषि प्रतिको आकषर्ण घट्दो रुपमा रहेको मन्त्री बरालको भनाई थियो । उपभोग्ताबादी सोचलाई अब युवा बर्ग तथा क्रान्तिकारीहरुले मात्र परिवर्तन गर्न सक्ने मन्त्री बरालले बताए । कृषि प्रधान हाम्रो देशमा यही उपादन हुने खाद्य पदार्थ नै ठुलो मात्रमा बिदेशबाट आयात गर्नु नेपालीहरुको लागि ठुलो बिडम्बना भएको मन्त्री बरालको भनाई थियो । आत्मनिर्भर अर्थतन्त्रले समाजबाद अर्थतन्त्रको आधारशिला खडा गर्ने बरालको बुझाई थियो ।

यस चालु आर्थिक बर्षका लागि बजेट निर्माण गर्दा संघ, प्रदेशले समेत कृषिलाई पहिलो प्रथामिकता दिएको मन्त्री बरालले बताए । केही नयाँ कुरा गर्न खोज्दा आक्रमण हुने गरेको उल्लेख गर्दै मन्त्री बरालले क्रान्तिकारीले त्यसको डटेर प्रतिवाद गर्ने जनाए ।

  • २२ श्रावण २०७९, आईतवार १६:५४ प्रकाशित