जनताको अदालतमा असफल भएका पार्टीलाई भोट दिएर देश बर्वाद नगरौँ : राजेन्द्र लिङ्देल

केन्द्र खबर

File photo

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले ठुला भनिएका पार्टीलाई मतदान नगर्न मतदातालाई आग्रह गरेका छन् । जुन पार्टीहरु पटकपटक जनताको अदालतमा असफल भए तिनैलाई भोट दिएर देश बर्वाद गर्ने र भावी सन्ततीको भविश्य बर्वाद गर्ने काममा सहभागी नहुन लिङ्लेलले अपिल गरे ।

शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदै अध्यक्ष लिङदेलले ‘भोट दिने भन्ने कुरा छोरी दिने भन्दा पनि ठुलो कुरा’ भएको बताए । तपाइले दिने भोट गलत पार्टी र गलत नेतालाई परेछ भने पुरै समाज, पुरै देशले दुःख पाउछ, आज त्यही कुरा भइरहेको छ, लिङ्देलले भने ।

देशलाई माया गर्ने, आफ्नै जिवनकालमा यो देश बनेको हेर्ने इच्छा राख्नुहुन्छ, ती सबै साथीहरुले पनि राप्रपालाई मतदान गर्न आग्रह गरे । राप्रपा फरक ढंगले आएको छ, हामी सबैभन्दा माथी देश छ, देश भन्दा माथी केही कुरा पनि छैन । अहिले राप्रपाले लिएर आएको मुद्धा र अभियान देश बचाउने र देश बनाउने मुद्धा र अभियान रहेको उनले दाबी गरे । यो केवल राप्रपाको मुद्धा र अभियान मात्रै हैन, यो तपाईको पनि अभियान हो ।

लिङ्देलले देश बचाउने र बनाउन राप्रपाले आट गरेको बताए । उनले भने, यो देश बिग्रन दिनु भएन, देशलाई दुर्घटनामा जान दिनु त भएन यसका लागि राप्रपालाई मतदान गर्न पुनः आग्रह गरे । स्थानीय तह निर्वाचनमा भोट दिनु पहिले हजारचोटी सोँचेर मात्र मतदान गर्न मतदालाई आग्रह गरे ।

यो देश सुध्रिनको लागि कांग्रेस, माओवादी, समाजवादी र अरु के–के भन्ने छन् सबै सुध्रिन आवश्यक रहेको लिङ्देलले बताए । त्यसका लागि निर्वाचनमा पराजीत गरेर उनीहरुलाई पाठ सिकाउनुपर्छ । यो सबैलाई सुधार्ने उचित मौका आएको छ त्यो उचित औषधी राप्रपाले लिएर आएको र त्यसका लागि राप्रपालाई मतदान गर्न उनले आग्रह गरे ।

ठुला पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटो तर्फ लगेको बताएका छनउनले आरोप लगाए । जसले ३० वर्ष देखी नेपालको राजनीतिको नेतृत्व गरिरहेका छन्, उनीहरुको कृयाकलापले देशलाई एउटा असफल राष्ट्रको बाटो तर्फ लगिरहेको छ, देश कुनै पनि बेला श्रीलंक बन्न सक्ने खतराहरु देखिएको उनको भनाई थियो । दातृ निकायबाट ऋण लिइरहने तर उत्पादन नबडेको भन्दै लिङ्देलले एक दिन घुडा टेक्नुपर्ने अवस्था आउन सक्ने लिङ्देलले बताए ।

अध्यक्ष लिङदेलले कांग्रेस, एमाले र माओवादी देशलाई दुर्घटनामा पुर्याउन उद्धत रहेको पनि आरोप लगाए । ठुला दलहरु गल्तिहरु सच्चाउनेवाला नरहेको भन्दै लिङदेलले देशलाई दुर्घटनामा पुर्याउन सक्रिय रहेको बताए । राप्रपाले पोखरा महानगरसहित पोखराका सबै पालिकामा उम्मेदवार खडा गरेको छ ।

  • २४ बैशाख २०७९, शनिबार १४:५५ प्रकाशित