टि–२० विश्वकप : क्वालिफायरमा आयोजक ओमानमाथि नेपालको शानदार जित

केन्द्र खबर

काठमाडौं । ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले विजयी सुरुवात गरेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पारेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७८ रनमै अलआउट भयो । नेपालले ओमानमाथि ३९ रनको जित दर्ता गर्दा सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

उनीहरुले म्याचभरि युएईका ब्याट्सम्यानलाई बाँधेर राखेका थिए । नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट, कप्तान सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने अविनाश बोहोरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

टस हारेर कठिन पिचमा पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो ।

  • ६ फाल्गुन २०७८, शुक्रबार १५:११ प्रकाशित