जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा कोरोनाः अनिश्चित समयका लागि यी सेवा रोकियो !

केन्द्र खबर

पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा संक्रमण देखिएपछि प्रशासनले केही सेवा प्रवाहमा रोक लगाएको छ।

प्रशासनले आज एक सुचना जारी गर्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा रोकिएको जानकारी दिएको हो ।  तयारी अवस्थामा रहेका राहदानी भने वितरण हुने सूचनामा उल्लेख गरिएको छ।

 अनिश्चित समयका लागि कार्यालयको आंशिक सेवा स्थगन गरिएको उल्लेख गरिएको छ

 राहदानी, राष्ट्रिय परिचय पत्रसहित भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरिएको  जनाइएको छ।

‘सम्बन्धित सबै सेवाग्राहीले पनि कोभिड १९ संक्रमणदर सामान्य नहुने अवस्थासम्म विद्युतीय राहदानी प्राप्तिका लागि अनलाइन  आवेदनसमेत नगर्नु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

  • ५ माघ २०७८, बुधबार १६:५१ प्रकाशित