प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

केन्द्र खबर

काठमाडौं ।

भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र भारतीय विदेशमन्त्री एस। जयशंकरबीच भेटवार्ता भएको छ । भेटवार्ताबारे जानकारी दिँदै जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई आफूहरुको छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भेटवार्ताबारे लेखेका छन्–‘छिमेकी पहिलो नीतिलाइ प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’ उनले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको पनि प्रतिक्रिया दिएका छन् ।

प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेका हुन् ।

  • ३२ असार २०७९, शनिबार १७:२१ प्रकाशित