काठमाडौं ।
नयाँ सरकार गठनका लागि आज नेपाली कांग्रेसले अन्य दलालाई बैठकमा बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लाई बैठकमा बोलाएका हुन् । देउवाले अपराह्न ३ बजेका लागि तीन दलको बैठक बोलाएका हुन्।

फ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको एक सातापछि आज दिउँसो देउवा निवासमा सत्ता समीकरणबारे छलफल हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी र जनता समाजवादी ९जसपा० का नेताहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गर्न लागेका हुन् ।
तीन दलको बैठकमा समसामियक राजनीतिक अवस्थासँगै सत्ता साझेदारीबारे छलफल हुने भएको छ ।
तीनै दल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने पक्षमा एकमत छन्। तर, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन भने जसपा प्रधानमन्त्री ओलीसँग वार्तामा छ।
जसले गर्दा ओली सरकार विस्थापित गर्न र नयाँ सरकार गठन गर्न अलमल भइरहेको कांग्रेस नेताहरुको आरोप छ। माओवादी नेताहरु भने सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वास प्रस्ताव दर्ता गर्ने काम सँगसँगै हुनुपर्ने बताउँदै आएको छ ।
प्रधानमन्त्री बन्नका लागि देउवालाई माओवादीका तर्फबाट कुनै समस्या देखिँदैन । माओवादीले उनलाई समर्थन गर्न सक्छ । तर, जसपाका नेताहरुले भने केही शर्तहरु तेस्र्याएका छन् । साथै, जसपाभित्र केपी ओलीलाई समर्थन गर्नुपर्छ भन्ने लाइनसमेत रहेकाले उनीहरुमा फुट आउन सक्ने डर पनि छ ।
प्रतिक्रिया लेख्नुहोस् :