पोखरा ।
गण्डकी प्रदेशमा थप २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

×
![]()
पछिल्लो २४ घण्टामा १८९ वटा स्वाबका नमुना परिक्षण गर्दा थप संक्रमित पत्ता लागेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ४३ जना संक्रमण मुक्त भएका छन् ।
प्रदेश संक्रमितको कुल संख्या १६ हजार ७४० पुगेको छ । जसमध्य १६ हजार १६३ जना संक्रमण मुक्त भएका छन् । भने २०५ संक्रमितको मृत्यु भएको छ ।
हाल आइसोलेसनमा रहनेको संख्या ३७२ छ । ती मध्य २२८ जना होमआइसोलेसनमा छन् ।
प्रतिक्रिया लेख्नुहोस् :