काठमाडौँ ।
गैँडा गणनामा संलग्न माउतेलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई आइतवार राती नै ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको छ ।

आइतवार साँझ बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको गैँडा मचान नजिकै गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई राती नै नियन्त्रणमा लिइएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार माउते चौधरी र उनीसंग रहेको हात्तीमाथि साँझ ५ः३० बजेतिर बाघले आक्रमण गरेको थियो । तत्काल गणना टोलीले उद्धार गर्दा करिब सात सय मिटर झाडीसम्म लछारेर माउते चौधरीलाई बाघले छाडेर जंगलतर्फ भागेको थियो ।
अहिले सो बाघलाई ठाकुरद्धारास्थित उद्धार केन्द्रमा राखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :