काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको नेपाल–खनाल समूहले आरोप लगाएको छ ।

स्थायी कमिटीका सदस्यहरुको बैठकपछि यस्तो वक्तव्य सार्वजनिक भएको हो ।
“अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्,” वक्तव्यमा भनिएको छ ।
बैठकले देशभर समानान्तर कमिटी ब्युँताउनेसमेत निर्णय गरेको छ ।
माधव नेपाल, झलनाथ खनालसहित ११ जनाले संयुक्त विज्ञप्ति निकालेका छन् । विज्ञप्तिबारे जानकारी दिँदै बैठकपछि नेता भीम रावलले पुन:स्थापित एमालेलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्न षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।
प्रतिक्रिया लेख्नुहोस् :