काठमाडौं ।
नेकपा एमालेको माधवन नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने भएको छ ।

साविकको नेकपा हुदाँ प्रचण्ड–माधव पक्षले दुइ प्रदेशका मुख्यमन्त्रीवरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेकपा विघटन भए पछि पुरानै अवस्थामा फर्केको एमाले माधव नेपाल समूहले उक्त अविश्वसा प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने भएको हो । नेपाल समूहका शिर्ष नेताले हस्ताक्षर फिर्ता लिन प्रदेश सांसदहरुलाई भनेका छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा माओवादी केन्द्रका नेताको हस्ताक्षर छ ।
शेरधन राईविरुद्धको प्रस्तावमा हस्ताक्षर गरेका सांसदले हस्ताक्षर फिर्ता लिने छन् भने, बागमती प्रदेशमा दर्ता भएको प्रस्ताव नै फिर्ता लिने निर्णय नेपाल पक्षले गरेको छ ।
तत्कालका लागि राई र पौडेलको सरकार नढल्ने पक्का भएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गदै मुख्यमन्त्री द्धयलाई सोही अनुसार गर्न निर्देशन समेत दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् :