पोखरा ।
पोखरा क्षेत्रीय विमानस्थलको लागि रिठ्ठेपानी डाँडा कटानको लागि सरकारले अनुमती दएिको छ । निर्माणधिन विमानस्थलको पुर्वीभागमा रहेको डाँडा कटानको लागि सरकारले स्विकृती दिएको हो

सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गदै पोखरा २६ मा रहेको रिठ्ठेपानी डाँडा कटानको लागि अनुमति दिएको जानकारी दिएका थिए । यही फागुन २० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरणका लागि उक्त डाँडा कटान गर्नुपर्ने भए पनि लामो समयसम्म वातावरणीय प्रभाव मुल्याङकन हुन सकेको थिएन ।
मन्त्रीपरिषद्को उक्त निर्णयसगै अब डाँडा कटानको लागि बाटो खुलेको छ । नीजी र सार्वजनिक जग्गा रहेको उक्त डाँडामा रहेका रुख कटानका लागि पनि मन्त्रीपरिषद्ले बाटो फुकाइदिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :