काठमाडौं ।
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग उनको परिवारले नलिने भएको छ ।

×
![]()
मष्तिस्काघात भएर उपचाररत् जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोगको घोषण गरेको थियो ।
जोशीका परिवारले सरकारले दिने भनेको सहयोग नलिने घोषणा गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए ।
सरकारले गएको बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस् :