पोखरा ।
कोरोना कहरका कारणका नराम्ररी प्रभावित बनेको पर्यटन व्यवयासलाई उकास्न प्रचारप्रसारको नयाँ विकल्पको सोच्न थालिएको छ ।

घामपानीमा सुरक्षका लागि प्रयोग हुने छातालाई पर्यटक आर्कषण गर्ने माध्यम बनाइएको छ । पर्यटकको मुख्य आकर्षक गन्तव्य पोखराको फेवातालमा पनि रंगिन छातालले पर्यटकलाई आर्कषण गरेको छ ।
फेवाताल भ्युटावरमा अकर्षक रुपमा सजाइएको छाताका कारण टिकटक बनाउने तथा फोटो खिच्नेको भीड बढेको छ ।
युवायुवतीहरु छाताको मज्जा लिदै फोटो खिज्न व्यस्त देखिन्छन् । पर्यटकको आकर्षक गन्तब्य फेवातालमा सजाएर राखिएका छाता पर्यटकका लागि रमाउने माध्यम बनेको छ ।
फेवातालको दृश्यावलोकनका लागि बनाइएको फेवा टावरसम्म जाने ताल क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न सौन्दर्यकालागि रंगीन छाता राखिएको हो ।
पोखरा आसपासबाट उक्त क्षेत्रमा आउने पर्यटक छाताकै कारण बढेका छन् । पर्यटक रंगिन छातामा रमाउदै टिकटक र फोटो खिचिरहेको देख्न सकिन्छ । टावरमा चन्द्रमाको प्रतिमा पनि स्थापना गरिएको छ ।
टावर संचालन गरेको निजी कम्पनीले ताल किनारक्षेत्रको टावरसम्म जाने बाटोमा रंगीन छाता राखेको छ ।
देशका अन्य ठाउँमा ठुला ठुला छाता प्रदर्शन गरिए पनि पोखरामा भने बालबालिकाका साना छाता राखिएका छन् । तालमाथि छाताको दृष्ण झनै मनमोहक बनेको छ । एक सय ५० थान छातालाई तिन पंतिमा सजाइएको छ ।
फेवा भ्यूटावरमा छाता राखिए पछि आन्तरिक पर्यटकको धुइचो लागेको भ्यूटावरमा पसल संचालन गरेकी पुजा अर्यालयले बताईन् । हल्लनचोक डुङगा स्टेसन समेत रहेको उक्त स्थानमा अहिले व्यस्त बनेको छ ।
कोरोना महामारिले थलिएको पर्यटन क्षेत्रलाई रंगिचंगी छाताले आन्तरिक पर्यटकको चहलपहत बढाइदिएको हल्लनचोक डुङगा व्यवासायी समिति टिकट काउन्टरका कर्मचारी राम परियारले बताए ।
प्रतिक्रिया लेख्नुहोस् :