पोखरा ।
प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी घाइते भएका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

×
![]()
सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ बजे प्याराग्लाईडर दुर्घटनामा परेका थिए ।
धादिङ नीलकण्ठ नगरपालिका घर भएका २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
फेवातालमा खसेका मगरलाई उद्धार गरि सैनिक अस्पताल पोखरामा उपचराका लागि लगिएकोमा सोही दिन बेलुका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :