
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी हुन् ।
दिउँसो ४ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएकी राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप भण्डारीले बैठक बोलाएको बताइएको छ ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :