काठमाडौं ।

धुम्बाराहीमा एमाले शिर्ष नेताको बैठक सुरु भएको छ ।
सर्वोच्च अदालतको फैसला पछि पुरानै अवस्थामा फर्केको एमालेका शिर्ष नेता पहिलो पटक पार्टी कार्यालयमा छलफलमा जुटेका हुन् । अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल– खनाल विच विवाद उत्कर्षमा पुगेको बेला ओलीले अप्रत्यासीत छलफलको आयोजना गरेका हुन् ।
छलफलमा सहभागी हुन अध्यक्ष ओलीको तर्फबाट इश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदिप ज्ञवाली सहभागी छन् भने । माधव कुमार नेतृत्वमा भिम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, रधुजी पन्त र गोकर्ण विष्ट सहभागी छन् ।
अध्यक्ष ओली–पोखरेल र नेता नेपाल–रावल अग्रपंतीमा बसेका छन् ।
करिब ४ महिना पछि नेकपा एमालेका नेताहरु धुमबाराही पार्टी कार्यालय पुगेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षसंग छलफलका लागि धुम्बाराही बोलाए पछि नेताहरु त्यहा पूगेका छन् । नेपाल पक्ष संसद विघटन पछि धुम्बराही पार्टी कार्यालय गएका थिएनन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ चैतमा संसद विघटन गरे पछि तत्कालीन नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजन भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् :