काठमाडौं ।
करिब ४ महिना पछि नेकपा एमालेका नेताहरु धुमबाराही पार्टी कार्यालय पुगेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षसंग छलफलका लागि धुम्बाराही बोलाए पछि नेताहरु त्यहा पूगेका छन् ।

नेपाल पक्ष संसद विघटन पछि धुम्बराही पार्टी कार्यालय गएका थिएनन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ चैतमा संसद विघटन गरे पछि तत्कालीन नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजन भएको थियो । प्रचण्ड–माधव समूहले पेरिसडाडाँ कार्यालयलाई प्रयोग गदै आएका थिए ।
सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई पहिलाकै अवस्थामा पुर्याइदिए पछि एमालेमा नयाँ विवाद सुरु भएको थियो ।
ओली र माधव नेपाल पक्ष विच विवाद बढ्दै जादाँ पार्टी विभानको अवस्थामा पुगेको विश्लेषण हुन थालेको थियो । सरकार गुम्ने अवस्थामा पुगेका ओलीले एकाएक माधव नेपाल समूहसंग छलफल अगाडी बढाए पछि राजनीतिमा नयाँ तरंग आएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :