काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

×
![]()
सर्वोच्च अदालतको आदेशले माओवादी केन्द्र व्यूँतिएपछि पहिलोपटक आजदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो ।
आजको बैठकले सरकारबाट फिर्ता नहुने मन्त्रीहरुलाई कारबाही गर्ने तयारी गरेको छ । हिजो बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापासहितलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।
बैठकमा संगठनात्मक संरचनाबारे छलफलको मुख्य एजेण्डा बनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :