काठमाडौं ।

अज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजेका लागि सभामुखले बैठक बोलाएका छन् ।
बैठकमा मृत्यु भएका सांसदप्रति शोक प्रस्ताव पारित गर्ने र अध्यादेशहरु पेश गर्ने कार्यसूचि छ । सर्वोच्च अदालतबाट पुनःस्थिापना भएपछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो ।
यसअघि २३ गते बैठक सुरु भएलगत्तै सत्तारुढ नेकपा एकालेको माधव नेपाल समूह, नेकपा माओबादीका सांसद र नेपाली कांग्रेसले बैठक बहिस्कार गरेका थिए ।
प्रतिनिधिसभा बैठक नरहेको समयमा सरकारले ल्याएका संवैधानिक परिषदलगायतका विभिन्न अध्यादेश अनुमोदनको प्रयास भए पछि नेकपा माओवादी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजबादी पार्टी ९जसपा०ले संसदमा विरोधको सूचना दर्ता गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् :