• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

in अन्तराष्ट्रिय
२०७७, २४ फाल्गुन सोमबार १६:३३
0
बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप
15
SHARES
27
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको बहुप्रतीक्षित अन्तर्वार्ता अमेरिकामा आइतवार राति प्रसारण भएको छ।

सीबीएस टीभीमा प्रसारित दुई घण्टा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विविध विषयमा बोलेका छन्।

मेगनले अन्तर्वार्तामा धेरै समय बोलेकी छन् र राजकुमार ह्यारी बीचतिर मात्रै अन्तर्वार्तामा आउँछन्।

१. छोरा ‘कति अश्वेत हुन्छ’ भन्ने प्रश्न

ह्यारी र मेगनका छोरा कति अश्वेत हुन्छन् भन्ने राजपरिवारभित्र भएको चर्चा भएको आरोप अन्तर्वार्तामा मेगनले लगाएकी छन्।

आफू गर्भवती हुँदा गर्भमा भएको बच्चा कति अश्वेत हुन्छ भन्ने चिन्ता र कुराकानी हुने गरेको उनले बताएकी छन्।

उनले सो कुराकानी ह्यारीसँग भएको र त्यो कुरा ह्यारीले आफूलाई भनेको मेगनले बताइन्। तर दुवै जनाले कसले त्यो कुरा गर्‍यो भनेर भन्न अस्वीकार गरे।

“त्यो कुराकानीबारे म कहिल्यै पनि बोल्नेछैन,” ह्यारीले भने। “त्यो बेला यो अलि अप्ठेरो कुरो थियो, म छक्क परेको थिएँ।”

२. केट र मेगनको सम्बन्ध

केही वर्षअघि समाचारपत्रहरूमा डचिस अफ क्रेम्ब्रिज केटलाई मेगनले विवाहको तयारीको विषयलाई लिएर रुवाएको विवरण प्रकाशित भएका थिए।

तर मेगनले त्यसको उल्टो भएको बताइन्।

“विवाहको केही दिनअघि केट विवाहमा फूल बोल्ने बालिकाहरूको पोसाकलाई लिएर खुसी थिइनन् र त्यसले मलाई रुवायो,” मेगनले भनिन्।

उनले केटले पछि माफी माग्दै पुष्पगुच्छा र पत्र पठाएको पनि बताइन्।

उनले केटका बारेमा यो कुरा उनलाई तल देखाउन नभनेको पनि बताइन्। केट राम्रो व्यक्ति भएको भन्दै उनले केटले पनि गलत कुरा सच्याउन चाहने बताइन्।

३. आत्महत्याको सोच

मेगनले राजपरिवारभित्र छिरेपछि आफूले एक्लो महसुस गरेको र स्वतन्त्रता गुमाएको बताइन्।

“राजपरिवार सदस्य भएयता मैलै यहाँ आउने बेला मात्रै आफ्नो राहदानी, चालक अनुमतिपत्र र साँचो देखेँ। ती सबै मैले त्यहाँ बुझाउनु पर्थ्यो।”

उनले आफ्नो मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्याको सोच समेत आएको बताइन्।

मैलै परिवारमा मलाई सहयोग चाहिएको कुरा बताएँ, यसअघि यस्तो कहिल्यै नभएको बताएँ र कतै जानुपर्ने बताएँ र मलाई म जान नसक्ने बताइयो। यो कुरा परिवारलाई राम्रो नहुने बताइयो।”

उनले राजपरिवारको एक वरिष्ठ सदस्य र दरबारको मानव संसाधन विभागलाई यो कुरा बताएको तर कहिल्यै केही नगरिएको बताइन्।

४. डायनाकी साथीसँग भेट

“मलाई थाहै थिएन कि कसलाई मेरो अवस्थाको कुरा गर्ने,” उनले भनिन्।

“मैले यो कुरा भनेको व्यक्ति जोसँग म अहिले पनि साथी छु उनी मेरा श्रीमान्‌को आमाकी मिल्ने साथीमध्ये एक हुन्।”

५. ह्यारीको बुवासँग गुनासो

ओप्राले ह्यारीलाई परिवारका अन्य सदस्यहरू विशेषगरी बुवा प्रिन्स अफ वेल्स र दाजु ड्यूक अफ क्रेम्ब्रिजसँगको सम्बन्धबारे सोधेकी थिइन्।

राजकीय भूमिकाबाट अलग भएपछि एक समय बुवा चार्ल्सले आफ्नो फोन पनि उठाउन छोडेको ह्यारीले बताए।

“मलाई निकै दु:ख लाग्यो किनभने उनी यस्तै समयबाट गुज्रेका थिए र यसको पीडा उहाँलाई थाहा छ।”

“तर म सधैँ उनलाई माया गर्नेछु तर हामीबीच निकै पीडा बाँडिए र अहिले पनि मेरो प्राथमिकतामा हाम्रो सम्बन्ध सुधार्नु रहेको छ।”

विलियमका बारेमा ह्यारीले आफूहरूले नर्कजस्तो अवस्था सँगै देखेको र उनलाई माया गर्ने बताएपछि आफूहरूको बाटो फरक भएको बताए। समाचार साभारः बीबीसी 

ads
×

सम्बन्धित समाचार

म्यानमारमा सुरक्षाकर्मीबाट एकैदिन ८० जनाको हत्या
अन्तराष्ट्रिय

म्यानमारमा सुरक्षाकर्मीबाट एकैदिन ८० जनाको हत्या

रहेनन् बेलायती महारानी एलिजाबेथका श्रीमान्
अन्तराष्ट्रिय

रहेनन् बेलायती महारानी एलिजाबेथका श्रीमान्

कोरोना भाइरस भारत : कोभिड फैलने क्रम बढेसँगै ‍महाराष्ट्र राज्यमा कर्फ्यू र लकडाउन
अन्तराष्ट्रिय

कोरोना भाइरस भारत : कोभिड फैलने क्रम बढेसँगै ‍महाराष्ट्र राज्यमा कर्फ्यू र लकडाउन

ताइवान रेल दुर्घटनाः सुरुङभित्र रेल पटरीबाहिर निस्किँदा कम्तीमा ३४ जनाको मृत्यु
Uncategorized

ताइवान रेल दुर्घटनाः सुरुङभित्र रेल पटरीबाहिर निस्किँदा कम्तीमा ३४ जनाको मृत्यु

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

कोरोना भाइरसः कोभिड-१९ गराउने विषाणुको नयाँ प्रकार कति चिन्ताजनक कुरा हो?

कोरोना भाइरस : अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.