काठमाडौं ।
प्रचण्ड–नेपाल पक्षले आज स्थायी कमिटी बैठक बोलाएको छ ।

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने बस्ने गरि सरेको छ । बैठक पहिले कानूनी र राजनीतिक छलफलमा रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । परामर्श पछि बैठब बस्ने छ ।
सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको नाम फैसला गर्दै ऋषी कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । साथै केपी शर्मा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाईसमेत व्युँताइदिएको छ ।
बैठकले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने वा अन्य तरिकाबाट अगाडी बढ्ने भन्ने निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :